च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

 जेठ १४, २०७९ शनिबार ८:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् ।

फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ मा रियलले ३–१ गोलले नै हराएको थियो ।

रियलले कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगमा एक अङ्कले उपाधि जित्न चुकेको थियो ।

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । तर लिभरपुलका जर्गेन क्लोपले वर्षकै उत्कृष्ट प्रशिक्षकको उपाधि प्राप्त गरेका थिए । क्लोपले लिभरपुललाई यस सिजन एफए कप र काराबाओ कपको उपाधि दिलाएका छन् ।

क्लोपलाई एकै सिजनमा तीन उपाधिको सफलता पाउने अवसर रहेको छ । रियलका प्रशिक्षक कार्लो एन्सेलोटी पाँचौँ पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया