नेपालले स्कटल्याण्डमा खेल्ने श्रृंखलाको खेल तालिका सार्वजनिक

 जेठ १७, २०७९ मंगलबार १२:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिदेशीय एकदिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने श्रृंखलाको तालिका सार्वजनिक गरेको हो ।  सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियासँग जुलाई ११ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डसँग जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल स्कटल्याण्डसँग जुलाई १७ मा खेल्नेछ ।

लिग टुको अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म खेलेका १२ खेलमध्ये ६ जित र ६ मा हार व्यहोरेको छ । लिग टु अन्तर्गतकै सिरिजका लागि नेपाली राष्ट्रिय पुरुष टोली अहिले अमेरिकामा छ ।
 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया