रियलका बेन्जिमा च्याम्पियन्स लिगको 'प्लेयर अफ दि सिजन' र भिनिसियस जुनियर युवा खेलाडी घोषित

 जेठ १८, २०७९ बुधबार ६:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको 'प्लेयर अफ दि सिजन' अवार्ड जितेका छन् ।

शनिवार राति भएको फाइनलमा रियलले लिभरपुललाई १–० गोलले हराएर १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

३४ वर्षीय बेन्जिमाको यो पाँचौँ च्याम्पियन्स लिगको उपाधि हो । बेन्जिमाले यस सिजनमा१५ गोल गरेका थिए ।

यस्तै रियलकै भिनिसियस जुनियर युवा खेलाडी घोषित भएका छन् । 'योङ प्लेयर अफ द सिजन' घोषित २१ वर्षीय भिनिसियसले फाइनलमा निर्णायक गोल गरेका थिए ।
 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया