१९ वर्षमुनि महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालको विजयी सुरुवात

 जेठ २०, २०७९ शुक्रबार ११:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडे । नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन । यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२ र सृष्टि जैशीले पनि अविजित २३ रन जोडे । त्यस्तै सानु राजवंशी २१ रनमा आउट भइन् । कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए ।

यो छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमूनिको महिला विश्व कपमा पुग्नेछ । अब नेपालले दोस्रो खेलमा भोलि यूएईसँग खेल्नेछ । यस्तै सोमवार भुटानसँग, मंगलवार थाइल्यान्डसँग र बिहीवार मलेसियासँग खेल्नेछ ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया