नेसन्स लिग : विश्व विजेता फ्रान्स डेनमार्कसँग र उपविजेता क्रोएसिया अष्ट्रियासँग पराजित

 जेठ २१, २०७९ शनिबार ८:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिगमा सन् २०१८ को विश्व कप विजेता फ्रान्स र उपविजेता क्रोएसिया पराजित भएका छन् ।

समूह एकमा रहेको फ्रान्स घरेलु मैदान पेरिसमा डेनमार्कसँग २–१ गोलले पराजित भएको हो । डेनमार्कका एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे । फ्रान्सका करिम बेन्जेमाले सान्त्वना गोल गरे ।

खेलको ५१ औँ मिनेटमा बेन्जेमाले गोल गरे पनि फ्रान्सले अग्रता जोगाउन सकेन । कोर्निलिअसले खेलको ६८ औँ र ८८ औँ मिनेटमा गोल गरे । 

त्यस्तै अर्को खेलमा विश्व कपको उपविजेता क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० ले पराजित भयो । अष्ट्रियाका मार्को एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक/एक गोल गरे ।

यो समूहमा अष्ट्रिया र डेनमार्कले समान ३ अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा अष्ट्रिया शीर्ष स्थानमा छ । फ्रान्स र क्रोएसिया अङ्कविहीन छन् ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया