विश्व कप क्रिकेट लिग टु : नेपाली राष्ट्रिय टोली अभ्यासमा व्यस्त, आज ह्युस्टन हरिकेन्ससँग खेल्दै

 जेठ २१, २०७९ शनिबार १०:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप क्रिकेट लिग-दुईमा सहभागी हुन अमेरिकाको टेक्सस पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ ।

गएको आइतवार टेक्ससको ह्युस्टन सहर पुगेको टोलीले लिग दुई अघि अस्ति बिहीवार नेपाली अल स्टारसँग अभ्यास खेल खेलेको थियो । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेको खेलमा पाँच विकेट लिए पनि नेपाली टोली अल स्टारसँग ४ विकेटले पराजित भएको थियो ।

आज ह्युस्टन हरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुनेछ । आईसीसी विश्व कप लिग दुई अन्तर्गत नेपालले अमेरिका र ओमानसँग दुई/दुई वटा श्रृङ्खला खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्नेछ ।

त्यस्तै जेठ २८ गते अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग खेल्नेछ । अहिलेसम्म अङ्क तालिकामा ओमान ३२ खेलमा ४० अङ्कसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड २० खेलमा २८ अङ्कसहित दोस्रो, यूएई २१ खेलमा २४ अङ्ककासाथ तेस्रो, अमेरिका १९ खेलमा १८ अङ्ककासाथ चौथो, नामिबिया १४ खेलमा १४ अङ्ककासाथ पाँचौँ, नेपाल १२ खेलमा १२ अङ्ककासाथ छैटाैँ र पपुवा न्युगिनी २० खेलमा २ अङ्ककासाथ सातौँ स्थानमा रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया