रोहित पौडेलको शतकमा दोस्रो अभ्यास खेलमा नेपालको जित : सोमपालले लिए पाँच विकेट

 जेठ २२, २०७९ आइतबार ६:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ ।

पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो । गएराति भएको खेलको कप्तानी रोहित पौडेलले गरेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर एक बलमा २ सय ५० रनमा अलआउट भयो ।

नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरे । आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले पाँच र हरमित सिंहले दुई विकेट लिए । २ सय ५१ रनको लक्ष्य पाएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो ।

उसका निनाद निम्बाल्कर ९९ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर ढकालले दुई विकेट लिए । आईसीसी विश्व कप लिग दुईमा नेपालले अमेरिका र ओमानसँग दुई/दुई वटा श्रृङ्खला खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्नेछ ।

त्यस्तै जेठ २८ गते अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग खेल्नेछ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया