सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - नेवार समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ ।
सिथि नखः हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्छन् । आज नै काठमाण्डौको जैसीदेगलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारको पनि जात्रा गरिन्छ । त्यस्तै भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ ।
सिथि नखःका दिन हरेक वर्ष पानीको श्रोतलाई पुनः सरसफाइ गर्ने र आफू बसेको वातावरणलाई सरसफाइ गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको श्रोत इनार, कुवाको पनि सरसफाइ गरिन्छ । इनारको विशेष पूजा गरी इनार भित्र गएर सफा गरिन्छ ।
सफा गरी सकेपछि चार दिनसम्म यो इनारबाट पानी तानिँदैन, छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्न विशेष दिन पर्खिने परम्परा छ ।
अहिलेको मौसममा पानीको सतह कम हुने र सफा गर्न सहज हुने भएकोले पूर्वजहरुले यो दिनलाई उपयुक्त मानेको हुन सक्ने अनुमान स्थानीय समुदाय गर्ने गर्दछ । यस पर्वसँगै १५-१५ दिन बिराएर आउने चाडपर्वको क्रम समापन हुन्छ भने गठेमङ्गलबाट यो क्रम सुरु हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।