आशिफ शेख र कुशल भुर्तेल घाइते, सुवास खकुरेललाई अमेरिका बोलाइयो

 जेठ २२, २०७९ आइतबार १६:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व कप क्रिकेट लिग–टू खेल्न अमेरिका पुगेको नेपाली टोलीका २ जना महत्त्वपूर्ण सदस्य घाइते भएका छन् । ओपनर तथा विकेटकिपर आशिफ शेख र कुशल भुर्तेल घाइते भएका नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

प्रतियोगिता सुरु हुने बेला अर्थात् जुन ९ तारिखसम्म पनि उनीहरू निको नहुन सक्ने भएकाले क्यानले नेपालबाट सुवास खकुरेललाई अमेरिका बोलाएको छ । अमेरिका भ्रमणमा रहेको नेपालले आउँदो बिहीवार ओमानसँग खेल्दैछ । बिहीवारसम्म शेख र भुर्तेल निको नहुने आशंकामा खकुरेललाई अमेरिका बोलाइएको हो ।  

लिग अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच त्रिदेशीय एकदिवसीय शृङ्खला हुन लागेको हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया