न्युजिल्यान्डसँगको पहिलो टेस्टमा इङ्ल्यान्ड ५ विकेटले विजयी

 जेठ २२, २०७९ आइतबार १७:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको छ । लर्ड्समा दुई सय ७७ रनको लक्ष्य इङ्ल्यान्डले चौथो दिनको पहिलो सत्रमा पाँच विकेट गुमाएर भेटायो ।

इङ्ल्यान्डका जोय रुटले अविजित एक सय १५ रन बनाए भने बेन स्टोक्सले ५४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका कायल जेमिसनले चार विकेट लिए ।

आजको जितसँगै तीन खेलको शृङ्खलामा इङ्ल्यान्डले एक–शून्य को अग्रता बनाएको छ । यसअघि पहिलो पारीमा नाै रनले पछि परेको न्युजिल्यान्डले दोस्रो पारीमा दुई सय ८५ रन बनाउँदै दुई सय ७७ रनको लक्ष्य दिएको थियो ।

आजकाे खेलमा आफ्नाे टेस्ट करियरकाे २६ औँ शतक प्रहार गरेकाे रुटले १० हजार रन पनि पूरा गरेका छन् । रुट टेस्टमा पाँच अङ्ककाे रन पूरा गर्ने दाेस्राे इङ्लिस खेलाडी बनेका छन् । यसअघि सर अलेस्टर कुकले टेस्टमा १० हजार रन पूरा गरेका थिए । 

तीन खेलको टेस्ट शृङ्खला खेल्न न्युजिल्यान्ड इङ्ल्यान्डकाे भ्रमणमा रहेको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया