वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट

 जेठ २३, २०७९ सोमबार ८:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट भएको छ ।

यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा वेल्सले युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्यो ।

खेलको ३४ औँ मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेकाे आत्मघाती गोल नै वेल्सको जितका लागि निर्णायक बन्यो । जितसँगै सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्व कपमा छनोट भएको हो । अब वेल्सले समूह 'बी' मा रहेर विश्व कप खेल्नेछ ।  

यो समूहमा इङ्ग्ल्यान्ड, अमेरिका र इरान छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया