१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल थाइल्यान्डसँग खेल्दै

 जेठ २४, २०७९ मंगलबार ८:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ।

खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ ।  नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ ।

नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग पराजित भएको थियो।

हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो । नेपाल ३  खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ ।


 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया