विश्व बैंकले सन् २०२२ को विश्वव्यापी वृद्धि प्रक्षेपण २ दशमलव ९ प्रतिशतमा घटायो

 जेठ २५, २०७९ बुधबार ६:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २ दशमलव ९ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा १ दशमलव २ प्रतिशतले कम रहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव पारेको विश्व बैंकले जनाएको छ ।

युक्रेनमा रुसको आक्रमण र रुसमाथि पश्चिमा देशको प्रतिबन्धले अन्न र तेलको मूल्य विश्वव्यापी रूपमा बढेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा दुई देशको युद्धसँगै चीनमा भएको लकडाउन, आपूर्ति–शृङ्खलामा देखिएको अवरोध र मुद्रास्फीतिको जोखिमले आर्थिक वृद्धिलाई जटिल बनाइरहेको उल्लेख छ । धेरै देशलाई यो मन्दीबाट जोगिन हम्मे हम्मे परिरहेको विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बताउनुभएको छ ।

प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १ दशमलव २ अङ्कले घटाएर २ दशमलव ५ प्रतिशतमा पुर्याएको छ भने चीनको लागि पूर्वानुमान ० दशमलव ८ अङ्कले घटाएर ४ दशमलव ३ प्रतिशतमा झरेको छ । युरोप क्षेत्रको प्रक्षेपण २ दशमलव ५ प्रतिशत र जापानको १ दशमलव ७ प्रतिशतमा घटाइएको छ ।

साथै रुसको अर्थतन्त्र यस वर्ष ११ दशमलव ३ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको समाचार संस्था एएफपीले जनाएको छ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया