नेसन्स लिगमा इटलीले हङ्गेरीलाई हरायो : जर्मनी र इङ्ग्ल्यान्डकाे बराबरी

 जेठ २५, २०७९ बुधबार ७:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेसन्स लिग फुटबलमा इटलीले हङ्गेरीलाई हराएको छ । गएराति भएको खेलमा हङ्गेरीलाई २–१ गोलले हराउँदै इटलीले पहिलो जित निकालेको हो ।

इटलीका निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले एक/एक गोल गरे । खेलको ६१औँ मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेका थिए । जितसँगै समूह ‘सी’ को इटलीले २ खेलमा ४ अङ्क जोडेको छ । हङ्गेरी ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

यो समूहको अर्को खेलमा जर्मनी र इङ्ग्ल्यान्डले बराबरी खेलेका छन् । एक/एक गोलको बराबरी खेलेका जर्मनी र इङ्ग्ल्यान्डले अङ्क बाँडेका छन् । जर्मनी तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया