काठमाण्डौमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हाे

 जेठ २५, २०७९ बुधबार ९:१९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्हाेका लागि आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रले आज सूचना निकालेर काठमाण्डौबाहिरबाट आएर  भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीबाट आवेदन माग गरेको हो ।

विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्हाेको आवेदन माग गरेको केन्द्रले जनाएको छ । तोकिएको समूहका विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचय पत्रको प्रतिलिपिसहित आउँदो असार ९ गतेभित्र केन्द्रमा मागपत्र पेश गर्न सक्नेछन् ।

केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालका अनुसार सरकारी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीको मागका आधारमा नि:शुल्क विद्युतीय चुल्हाे वितरण हुनेछ । केन्द्रले यसअगाडि दुर्गम क्षेत्रबाट काठमाण्डौमा आएर अध्ययन गरेका विद्यार्थीबाट ८ हजार ३ सय माग सङ्कलन गरेको छ । उनीहरुलाई यो आर्थिक वर्षभित्र चुल्हाे वितरण गरिने केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Padam Bikram Thapa

    June 17, 2022, 12:19 a.m.

    I'm from come villag to study in Kathmandu In sarswati campus. I'm belong to poor family I need a induction chulo

  •  0 Reply
  • Lokendra Oli

    June 9, 2022, 6:03 p.m.

    म सल्यान देखी भाडामै बस्दै आको 1बर्ष बढी भो स्नातक उतिर्ण गरेको निकै ग्याप भैसक्यो स्नातकोत्तर पढ्ने सोच हो भर्ना गर्नलाई नै मुस्किल छ न कुनै रोजगार छ के भन्नू र समस्या जिउ का तिउ छन

  •  0 Reply
  • यसोदा दाहाल

    June 8, 2022, 6:34 p.m.

    यो भन्दा पहिला फम खुबेको बेलामा म अनि मेरो केही साथीहरुले फम भरेका थियौं।अब फेरि भर्नु पर्दछ कि पर्दैन?बुझ्न पाए राम्रो हुने थियो।

  •  0 Reply
  • Bhabanath Acharya

    June 8, 2022, 2:07 p.m.

    एउटा चाहियो मलाई

  •  0 Reply

तपाईको प्रतिक्रिया