६ विश्व कप खेल्ने भारतीय क्रिकेटर मिथालीद्वारा सन्न्यासकाे घाेषणा

 जेठ २५, २०७९ बुधबार १८:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् । ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन् ।

२३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् । 

३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन् । सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो । महिला क्रिकेटमा 'सचिन तेन्दुलकर' भनेर चिनिने मिथालीको विश्व कप जित्ने सपना भने अधुरै रह्यो । 

मिथालीलाई सन् २००३ मा अर्जुन पुरस्कार र सन् २०१७ मा विजडन लिडिङ वुमन क्रिकेटर इन द वर्ल्ड अवार्ड प्रदान गरिएको थियो । यस्तै उनलाई सन् २०१५ मा पद्म श्री र सन् २०२१ मा खेल रत्न पुरस्कार प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया