एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

 जेठ २६, २०७९ बिहिबार ६:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।

खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे ।

यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे ।

यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । छनोटको समूह 'ए' मा रहेको नेपालले अब शनिवार घरेलु टोली कुवेत र आउँदो ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।   
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया