समयमा नै पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्छ : नविना लामा

 जेठ २६, २०७९ बिहीबार १२:२०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद नविना लामाले समयमा नै पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नु पर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो : ‘पाठ्यपुस्तक किन अभाव भयो ? जनक शिक्षा सामग्री केन्द्र बचाउने नाममा विद्यार्थीले कहिल्यै समयमा पुस्तक पाएनन् ।’ उहाँले वैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छाप्ने जिम्मेवारी अब निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया