विश्व कप क्रिकेट लिग-टु : पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित

 जेठ २७, २०७९ शुक्रबार ६:३६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, सुनिल धमलाले १२ र करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ विकेट लिए भने बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले १ सय ४ रनको शतकीय पारी खेले ।

यस्तै, खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले  १२ रन जोडे । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया