टी–२० क्रिकेटमा दक्षिण अफ्रिकासँग भारत ७ विकेटले पराजित

 जेठ २७, २०७९ शुक्रबार ६:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतसँगको टी–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । दिल्लीमा गएराति पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो ।

भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ७५ र डेभिड मिलरले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, ड्वाने प्रिट्रोरियसले २९ तथा क्विन्टन डी ककले २२ रन जोडे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । भारतका इशान किशनले ७६ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै, भारतका श्रेयस ऐरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ र हार्दिक पाण्डेले ३१ रन बनाए ।

दक्षिण अफ्रिकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र  ड्वाने प्रिट्रोरियसले एक/एक विकेट लिए । जितसँगै पाँच खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया