मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

 जेठ २७, २०७९ शुक्रबार ११:४१:३२ | रासस
unn.prixa.net

फाइल तस्बिर

माेरङ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकले आउँदाे प्रदेश र संसदीय चुनावमा पार्टीलाई अधिक ठाउँमा विजयी गराउने जिकिर गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण नागरिकले संसदीय चुनावमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले आउँदाे संसदीय चुनावमा अन्य कुनै बामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । उहाँले देशमा एमाले मात्र बामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु बामपन्थी नभएको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले  नेकपा एकीकृत  (समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफूलाई अन्य पार्टीका नेतालाई प्रधानमन्त्री  बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनुभयो ।

उहाँले स्थानीय पालिकाको चुनावले सबै चुनावको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया