एसियन कप छनोट : नेपाल र कुवेत खेल्दै

 जेठ २८, २०७९ शनिबार ६:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, तस्बिर : एन्फा

काठमाण्डाै – एएफसी एसियन कप छनोटमा आज शनिवार नेपाल र कुवेत खेल्दैछन् । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ । 

नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग दुई–शून्य गोलले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । 

छनोटको समूह 'ए' मा रहेको नेपाल अङ्कविहीन छ । नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ । जोर्डन शीर्ष स्थानमा छ भने इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । 

छनोट अन्तर्गत नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष र उत्कृष्ट दोस्रो टोलीले एसियन कप खेल्नेछन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया