नेशन्स लिग फुटबलमा क्रोएसियाले डेनमार्कलाई हरायो, फ्रान्स र अस्ट्रियाबीच बराबरी

 जेठ २८, २०७९ शनिबार ७:७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : 'गाेल' बाट

काठमाण्डाै – यूईएफए नेशन्स लिग फुटबलमा क्रोएसियाले डेनमार्कलाई हराएको छ । गएराति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई एक–शून्य गोलले हराएको हो । क्राेएसियाका लागि मारियाे पासालिकले ६९ औँ मिनेटमा गाेल गरे ।

जितसँगै लिगको समूह 'एक' मा रहेकाे डेनमार्क तीन खेलमा ६ अङ्क जोडेर शीर्षस्थानमा छ । क्रोएसिया ४ अङ्कसहित तेस्रो स्थानमा छ । 

त्यस्तै लिगको समूह 'एक' मै रहेका फ्रान्स र अस्ट्रियाले एक–एक गोलको बराबरी खेलेका छन् । अस्ट्रियाका लागि एन्ड्रिएस वेइमानले ३७ औँ मिनेटमा गाेल गरे । खेलको ८३ औँ मिनेटमा परिवर्तित खेलाडी केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । 

यो बराबरीसँगै अस्ट्रिया तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको फ्रान्सको तीन खेलमा दुई अङ्क छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया