एक खेलअघि नै पाकिस्तानले जित्याे वेस्ट इन्डिजसँगकाे एकदिवसीय शृङ्खला

 जेठ २८, २०७९ शनिबार ८:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : पाकिस्तान क्रिकेट

काठमाण्डाै – वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खला घरेलु टोली पाकिस्तानले जितेको छ । मुल्तान क्रिकेट मैदानमा गएराति भएको दोस्रो एकदिवसीयमा वेस्टइन्डिजलाई एक सय २० रनले हराउँदै पाकिस्तानले एक खेलअघि नै शृङ्खला जितेको हो । 

टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । उसका बाबर आजमले सर्वाधिक ७७ रन बनाएर । इमाम उल हक ७२ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसैनले तीन, एन्डरसन फिलिप र अल्जारी जोशेफले दुई/दुई विकेट लिए । 

जितका लागि दुई सय ७६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ३२ ओभर दुई बलमा एक सय ५५ रनमा अलआउट भयो । वेस्टइन्डिजका शम्राह ब्रुक्सले सर्वाधिक ४६ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले चार विकेट लिए । त्यस्तै मोहम्मद वासिम जुनियरले तीन, सादब खानले दुई र शाहिन अफ्रिदीले एक विकेट लिए । 

पाकिस्तानले पहिलो एकदिवसीयमा वेस्टइन्डिजलाई पाँच विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि आइतवार हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया