पूर्वमन्त्री मिथिला चाैधरीको निधन

 जेठ २८, २०७९ शनिबार १०:३३:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ । भारतको दिल्लीमा रहेकाे एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिनुभएको छ । 

मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया