नेसन्स लिग : इङ्ग्ल्यान्ड र इटली तथा जर्मनी र हङ्गेरीले बराबरी खेले

 जेठ २९, २०७९ आइतबार ७:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड र इटली तथा जर्मरी र हङ्गेरीले बराबरी खेलेका छन् ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र इटलीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका हुन् । यो बराबरीसँगै लिग ‘ए’ समूह ३ को इटली ३ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा छ। इङ्ग्ल्यान्डले ३ खेलमा २ अङ्क जोडेको छ । इङ्ग्ल्यान्ड पुछारमा रहेको छ ।

त्यस्तै, जर्मनी र हङ्गेरीले एक/एक गोलको बराबरी खेलेका छन् । खेलको छैटौँ मिनेटमा सोल्ट नागीले गोल गर्दै हङ्गेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, जर्मनीका जोनास होफम्यानले नवौँ मिनेटमा गोल गरी बराबरी गरे । त्यसपछि जर्मनी र हङ्गेरीले गोल थप्न सकेनन् ।

बराबरीसँगै लिग ‘ए’ समूह ३ को हङ्गेरी ३ खेल ४ अङ्क जोडेर दोस्रो स्थानमा छ । जर्मनीले ३ खेलमा ३ अङ्क जोडेको छ । जर्मनी तेस्रो स्थानमा छ ।

तस्बिर : स्काइ स्पाेर्ट्स 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया