किसानलाई मल उपलब्ध गराउन सभामुखकाे 'रुलिङ'

 जेठ २९, २०७९ आइतबार १४:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधि सभाको आज आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले किसानहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई 'रुलिङ' गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र किसानहरूलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न/गराउन म सम्बन्धित मन्त्री एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीकाे समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया