दोस्रो टी–२० क्रिकेटमा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

 जेठ ३०, २०७९ सोमबार ६:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो टी–२० क्रिकेटमा पनि घरेलु टोली भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ । 

गएराति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । 

भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय पारी खेले । 

यस्तै, कप्तान टेम्बा बाभुमाले ३५ र डेभिड मिलरले २० रन बनाए । भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो । 

भारतका श्रेयस इयरले ४०, इशान किशनले ३४, दिनेश कार्तिकले ३०  तथा हर्सल पटेलले १२ र अक्षर पटेलले १० रान जोडे । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए  भने कागिसो रबडा, वायने पर्नेल, डिवाइन पेट्रोरियस र केशव महाराजले एक/एक विकेट लिए ।

पहिलो टी–२० खेल पनि दक्षिण अफ्रिकाले जितेको थियो । पाँच खेलको श्रृङ्खला खेल्न दक्षिण अफ्रिका भारत भ्रमणमा रहेको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया