किसानलाई तत्कालै मल उपलब्ध गराउन प्रतिनिधि सभाद्वारा सरकारलाई निर्देशन

 जेठ ३०, २०७९ सोमबार १७:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । 

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो । बैठकमा सम्भव सबै उपाय अपनाएर किसानलाई मल उपलब्ध गराउन सर्वसम्मतिले सरकारलाई निर्देशन दिइएको हाे । 

सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र अहिले प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया