एसीसी महिला टी–२० च्याम्पियनशिपका लागि १५ सदस्यीय टोली घोषणा

 जेठ ३०, २०७९ सोमबार १८:३८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनशिपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । 

प्रारम्भिक टोलीमा रहेका १९ जना खेलाडीबाट अन्तिम टोलीको घोषणा गरिएको क्यानले जनाएको छ । नेपाली टोलीमा रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल र ममता चौधरी रहेका छन् । 

यही जुन १७ अर्थात् असार ३ गतेदेखि सुरु हुने च्याम्पियनशिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । 

नेपालले असार ३ गते भुटान, ४ गते कुवेत, ६ गते बहराइन र ७ गते हङकङसँग खेल्नेछ । दुवै समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया