विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

 जेठ ३१, २०७९ मंगलबार ९:१८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ।

खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि नेपालले दुई खेलमा एकमा बराबरी र एकमा हार बेहोरेको छ ।

अस्ति  अमेरिकासँगको खेलमा नेपालले बराबरी गर्दै अङ्क बाँड्यो भने त्यसअघि पहिलो खेलमा ओमानसँग नै १३ रनले पराजित भएको थियो ।

नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ । नेपालको १३ अङ्क रहेको छ ।

त्यस्तै अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटामा बराबरीसहित २१ अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । नेपालले अब अन्तिम खेलमा अमेरिकासँग भोलि खेल्ने छ ।
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया