क्यानमाथिकाे निलम्बन पूर्णरूपमा फुकुवा

नेपालले अब अन्य एकदिवसीय मान्यता प्राप्त देशसरहको सुविधा पाउने

 जेठ ३१, २०७९ मंगलबार १९:५१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाउँदै आएको 'कन्ट्रोल फन्डिङ' पूर्णरूपमा फुकुवा छ ।  

क्यानले आज मङ्गलवार एक विज्ञप्ति निकाल्दै आईसीसीबाट कन्ट्रोल फन्डिङ पूर्णरूपमा फुकुवा भएको जनाएको छ । याेसँगै अब नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त देशसरहकाे आर्थिक अनुदान र गतिविधि गर्न पाउने छ । 

२०७६ असोज ११ र १२ गतेको विशेष साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेकाे थियाे । तर कन्ट्रोल फन्डिङ भने फुकुवा भएको थिएन । ‘नयाँ कमिटीले सबै मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मूल्याङ्कनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्णरूपमा हटाएकाे हाे’, क्यानले विज्ञप्तिमा जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया