एएफसी एसियन कप छनोटमा इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

 असार १, २०७९ बुधबार ६:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग ७–० गोलले पराजित भएको छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा फराकिलो गोल अन्तरसहित हार बेहोरेको हो ।

कुवेतको जाबिर अल अहमद मैदानमा नेपालले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ५ गोल खायो । सुमन अर्यालले खराब ट्याकल गरेपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ ले पराजित भएको थियो ।

छनोटका ३ खेलमा नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतसँगको खेलमा गरेका थिए । यो समूहमा ९ अङ्कका साथ जोर्डन शीर्षस्थानमा, ६ अङ्कसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । नेपालले अङ्कविहीन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया