तेस्रो टी–२० मा भारतले दक्षिण अफ्रिकालाई ४८ रनले हरायो

 असार १, २०७९ बुधबार ७:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले तेस्रो टी–२० मा दक्षिण अफ्रिकालाई ४८ रनले हराएको छ । जितसँगै पाँच खेलको श्रृङ्खलामा भारत २–१ ले पछि रहेको छ ।

जितको लागि १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९ ओभर १ बलमा १ सय ३१ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक २९ रन बनाए । भारतका हर्षल पटेलले ४ विकेट लिए । त्यस्तै युजभेन्द्र चहलले ३ तथा भुवनेश्वर कुमार र अक्षर पटेलले एक/एक विकेट लिए । त्यसअघि विशख्खापट्टममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गाकवाडले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले ।

अर्का ओपनर ईशान किशनले पनि ५४ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिका ड्वेन प्रिटोरियसले २ विकेट लिए । केशव महाराज, कागिसो रबाडा र तबरेज शाम्सीले एक/एक विकेट लिए । दक्षिण अफ्रिका पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । चौथो टी–२० शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया