यूईएफए नेसन्स लिग : जर्मनीले इटलीलाई हरायो, इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित

 असार १, २०७९ बुधबार ७:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटलीलाई हराएको छ । गएराति भएको खेलमा जर्मनीले इटलीलाई ५–२ गोलले हराएको हो ।

जर्मनीका टिमो वेर्नेरले दुई गोल गरे । त्यस्तै जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले एक/एक गोल गरे । इटलीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले गोल गरे । जितसँगै जर्मनी लिग ‘ए’ समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अङ्क जोडेको छ । इटली ५ अङ्ककासाथ तेस्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा बेल्जियमले पोल्यान्डलाई १–० गोलले हराएको छ । बेल्जियमका मिची बात्सुआइले खेलको १६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै लिग ‘ए’ समूह ४ को बेल्जियमले ४ खेलमा ७ अङ्क जोडेको छ । बेल्जियम तालिकाको दोस्रो स्थानमा रहेको छ । पोल्यान्ड ४ अङ्कका साथ तेस्रो स्थानमा छ ।

अर्को खेलमा नेदरल्यान्ड्सले वेल्सलाई ३–२ गोलले हराएको छ । नेदरल्यान्ड्स १० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्डलाई हङ्गेरीले हराएको छ । गएराति भएको खेलमा हङ्गेरीले १० खेलाडीमा सीमित इङ्ग्ल्यान्डलाई ४–० गोलले हराएको हो ।

जितसँगै हङ्गेरी लिग ‘ए’ समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ । हङ्गेरीले ४ खेलमा ७ अङ्क जोडेको छ । इङ्ग्ल्यान्ड ४ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।
 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया