कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन
मंसिर २५, २०८० सोमबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
प्रतिनिधि सभाको आज बुधवारकाे बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको हो । केही समयमा चुनावकाे मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं । यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अब केही समयमा आम चुनावकाे मिति घोषणा हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु– चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन होस् ।’
अध्यक्ष लिङदेनले राष्ट्रियतालाई फेरि पनि सङ्कटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम (एसपीसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई सचेत गराउनुभयो ।