नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

 असार २, २०७९ बिहिबार १२:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

कुवेतमा भएको छनोटमा नेपाल अङ्कविहीन बनेको थियो । समूह 'ए' मा रहेको नेपाल समूहको पुछारमा छ ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग  ४–१ गोल अन्तरले पराजित भएको थियो ।

मङ्गलवार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया