सहरवासीलाई गिज्याइरहेका पाेखरीहरू, जहाँ बाेतल र प्लास्टिकका टुक्रा तैरिरहेका छन् (फाेटाे फिचर)

 असार ४, २०७९ शनिबार १०:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कमल पाेखरी काठमाण्डाै

काठमाण्डाै – आधुनिक समाजका शिक्षित नागरिक बस्ने सहर हो काठमाण्डाै । सहरमा बस्ने धेरैजसाे मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यावहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ । 

बालकुमारी पाेखरी

शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहर र अव्यवस्थित देखिन्छ । जनचेतना भएर पनि प्रयोगात्मक रूपमा कमजोर देखिन्छन् शिक्षित सहरका मानिस । यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाण्डाै उपत्यकामा रहेका केही पोखरीको कन्तबिजोकले नै थाहा हुन्छ । 

भाज्या पाेखरी

देशको सङ्घीय राजधानी हो काठमाण्डाै । मल्लकालीन सभ्यता र कलाको नगरीका रूपमा परिचित काठमाण्डाै आज यी पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक उल्टाे छ भन्दा फरक पर्दैन ।

बुद्ध पाेखरी

काठमाण्डाै उपत्यकाको पोखरी, तालतलैयाको दृश्य हेर्न सकिँदैन । करोडौँ रुपैयाँ खर्च गरेर सिङ्गारिएको काठमाण्डाेकाे कमल पोखरी होस् वा सरकारबाे बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ ।

गुइत पाेखरी

पोखरीमा तैरिरहेका बोतल, प्लास्टिक र कागजका टुक्रा अनि जीर्ण भइसकेको पोखरीको पुनर्निर्माण नहुनुले यो भव्य सहरका नागरिकलाई गिज्याइरहेको स्पष्ट हुन्छ । पोखरी वरपर झारपात उत्तिकै उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहरकाे डङ्गुर देख्न सकिन्छ । केही पोखरीमा लुगा धुने, नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तै खाले क्रियाकलाप र जनसङ्ख्याको चापका कारण पोखरीहरू दूषित भइरहेका छन् । 

हरिसिद्धी पाेखरी

मानिसकाे समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ । भौतिक सुविधा र सेवाको उपलब्धताले मानव बसोवासको व्यापक दबाबमा परेको सहरी क्षेत्रको व्यवस्थित सहरीकरण गर्नुपर्ने आवश्यकता छ । साथै सहरी क्षेत्रमा नैतिकताको जनचेतना जगाउनुपर्ने देखिन्छ । 

कमल पाेखरी ललितपुर

खिचा पाेखरी

नाग दह

सप्तपाल पाेखरी

स्वांग पाेखरी

स्वांगु पाेखरी

तस्बिरहरू : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया