एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले कुवेतलाई २५ रनले हरायो

 असार ४, २०७९ शनिबार १६:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ ।

मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनायो । उसका लागि प्रीयदा मुरलीले सर्वाधिक ३१ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले २ तथा अस्मिता कर्माचार्य, सङ्गीता राई र इन्दु बर्माले १/१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र इन्दु बर्माले नटआउट २८ रन जोडे । कुवेतकी मरिमा हैदरले २ विकेट लिइन् ।

नेपालले हिजो पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह 'बी' मा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

नेपालले आउँदो सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कपमा छनोट हुनेछन्।
 

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया