एन्फाको चुनाव आज, अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ प्यानलसहित प्रतिस्पर्धामा

 असार ६, २०७९ सोमबार ८:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ । बूढानीलकण्ठको एक रिसोर्टमा हुने साधारण सभाले आउँदाे चार वर्षको कार्यकालका लागि नेतृत्व चयन गर्नेछ  ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ प्यानलसहित नै प्रतिस्पर्धामा छन् भने राजीव पौडेल स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । चुनावमा शेर्पा र नेम्वाङबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ ।

सधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उम्मेदवारी परेको छ ।

१५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् । चुनावमा ८४ जनाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् ।  
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया