रुकुम पश्चिममा भिरबाट लडेर एक किशोरीको ज्यान गयो

 असार ६, २०७९ सोमबार ९:२३:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर  ज्यान गएकाे हाे । 

अस्मिता आइतवार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् ।

त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनकाे परिवारले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया