झापाकाे रतुवा खोलामा बाढी आउँदा १३ परिवार विस्थापित, २५ घर डुबानमा

 असार ६, २०७९ सोमबार १०:४७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ परिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन् ।

दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा १३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

विस्थापित हुनेमा दमक–७ का खड्ग लिम्बु, राजेश किस्कु, विष्णु लिम्बु, मनोज मास्के, सुवास लिम्बु, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ । उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी सुरक्षित ठाउँ र आफन्तको घरमा सारिएको प्रहरी प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

यस्तै, रतुवा खोलामा आएको बाढीकै कारण गौरादह नगरपालिका–६ मा रहेको टङ्गुवा बस्तीमा पानी पसेको छ । त्यहाँका २५ घर डुबानमा परेका छन् । बस्तीमा झन्डै दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह बिस्तारै घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया