कर्मालाई हराउँदै एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

 असार ६, २०७९ सोमबार २०:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएकाे छ ।

आज साेमवार भएकाे चुनावमा कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ विजयी हुनुभएकाे हाे । नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पाैडेलले एक मत पनि पाउनुभएन ।

नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष हुनुहुन्थ्याे । चुनावमा ८४ मत खसेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया