एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दै

 असार ७, २०७९ मंगलबार ७:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मलेसियाको किनरारा ओभलमा दिउँसो १२ बजे सुरु हुनेछ ।

लगातार तीन खेल जितेको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अङ्ककासाथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मा यूएई, मलेसिया, ओमान, कतार र सिङ्गापुर छन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी-२० खेल्न पाउने छन् ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया