प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने, धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

 असार ७, २०७९ मंगलबार ७:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासमा क्षेत्रमा गएराति ठूलो पानी नपरे पनि अन्य क्षेत्रमा भने ठूलो पानी परेको छ।

विशेषगरी प्रदेश-१, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । झापा, सप्तरी र सिन्धुलीमा ठूलो वर्षा भएको छ । अहिले भने देशका धेरै ठाउँका पानी पर्न रोकिएको छ, घाम लागेको छ ।

आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

प्रदेश-१ को एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले यो प्रदेशका पहाडी क्षेत्रमा पहिरो र नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाे छ । बाढी डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ। 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया