एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपाल हङकङसँग पराजित

 असार ७, २०७९ मंगलबार १४:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । 

मलेसियाको किनरारा मैदानमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५ ओभर पाँच बलमा मात्रै तीन विकेट गुमाएर भेटायो । हङकङकी मिारिको हिलले सर्वाधिक ४५ रन बनाइन् । बलिङतर्फ नेपालकी संगीता राईले दुई र सीता मगरले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय नाै रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले नटआउट ३२ र अप्सरी बेगमले २२ रन बनाए । 

यसअघि नै सेमिफाइनल पुगेको नेपालले आजको हारसँगै तालिकामा दोस्रो स्थानमा रहेर लिग चरणको खेल पूरा गरेको छ । १० टिम सहभागी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी–२० खेल्न पाउने छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया