नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्तबहादुर कुँवर (सूचीसहित)

 असार ९, २०७९ बिहिबार ९:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सचिवालयले सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर रहनुभएको छ । त्यस्तै दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह हुनुहुन्छ ।

त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजीको बढुवामा सिफारिस हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया