कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट पनि सन्न्यासको घोषणा गरेकी छन् ।
झण्डै ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेकी ३७ वर्षीया अनुले विभागीय टोली एपीएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।
हिजो भएको एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उनले एक गोल गरेकी थिइन् । उनको टिम एपीएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो ।
अनुले सन् २०१० मा बङ्गलादेशसँग दक्षिण एशियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली २३ वर्षमुनिको टोलीमा डेब्यु गरेकी थिइन् ।
यस्तै उनले साफ च्याम्पियनशिपलगायत विभिन्न प्रतियोगितामा राष्ट्रिय जर्सीबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।