युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नु अपवाद, समग्र सत्य हाेइन : ओली

 असार ९, २०७९ बिहिबार २०:१४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रूपमा लिन नहुने बताउनुभएको छ । 

आज बिहीवार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रूपमा लिनुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले नेपालमा मुख्य रूपमा दुई वटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरूले राम्रो काम नगरे त्यसको अपवादको रूपमा नयाँ शक्तिले जन्म लिने बताउनुभयो । उहाँले राजनीति र राजनीतिक सङ्गठनमा विचारको महत्त्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यका लागि विचार आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो गतिशील दुनियाँ हो । स्वतन्त्र युवाहरूकाे जितलाई अपवादको रूपमा लिनुपर्छ । यसलाई आंशिक सत्यको रूपमा लिनुपर्छ । नेपालमा मुख्य दुई वटा राजनीतिक पार्टी छन्, एमाले र नेपाली कांग्रेस । यिनीहरुले ठिक काम गरेनन् भने अपवादका रूपमा नयाँ शक्ति जन्मिन्छन् ।’

अध्यक्ष ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गर्नुभयो । युवाहरूसम्म राजनीतिक पार्टी नपुग्नुले पनि उनीहरूले आफ्नो सङ्गठन बनाएर राजनीतिमा लागिरहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • santosh Bk

    June 25, 2022, 9:03 p.m.

    ठिकै हो युवा हरु ले राजनीति गरे सी बुढा हरु ले के गर्ने अनि देश मा काम कसले गर्ने ? राजनीति गर्ने बुढाहरु ले नै हो तर राम्रो विचार र राम्रो सोच भको मान्छे हुनुपरो / त्यो बुदो मान्छे लाई जिताउनु पर्यो जसले २५/३० को उमेर मा पनि देश र जनता को लागी इमान्दार र मेहनती गरेर केही गरेको होस / त्यस्तो मान्छे लाई जिताउनु परो जसले खाली आफ्नो र आफन्तीलाई मात्रै होइन, देश र जनता को लागि सोच्ने र चिन्ता गर्ने होस / आफ्नो घर को लागि त जसले पनि सोच्छन् तर देश को लागि सोच्ने मान्छे होस/

  •  0 Reply

तपाईको प्रतिक्रिया