गठबन्धन बैठकको निष्कर्ष : इन्धनसँगै अरु वस्तुको भाउ पनि तत्कालै घट्नुपर्छ, कडा अनुगमन जरुरी

 असार ११, २०७९ शनिबार १५:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पाँच दलीय सत्ता गठबन्धनको बैठकले सबै क्षेत्रमा भएको मूल्यवृद्धि तत्कालै नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महँगीले नागरिक निकै समस्यामा परेको भन्दै इन्धन मात्रै नभएर बजारमा भइरहेको सबै क्षेत्रको मँहगी तत्कालै नियन्त्रण गर्न निर्देशन दिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच वटै दलका शीर्ष नेताको साथमा केहि मन्त्रालयका सचिवलाई पनि बोलाइएको थियो । बैठककै निर्देशनमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ । बैठकले इन्धनको भाउ बढ्दा बजारमा अरु सामानको भाउ बढ्ने तर इन्धनको भाउ घट्दा अरु सामानको भाउ नघट्ने विकृति भइरको भन्दै तत्कालै अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिएको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवाले इन्धनको भाउ घटेपछि अरु वस्तुको भाउ पनि स्वभाविक रुपमा घट्नुपर्ने भन्दै यसको कडा निगरानी गर्न निर्देशन दिनुभएको कार्कीले बताउनुभयो । 
 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया